टोकियो । जापानको इबाराकी प्रान्तको चुचिउरा शहरमा एक यात्रु बाहक रेल कारसँग ठक्कर खाँदा आगलागी भएको छ । जेआर जोबन लाइनको रेल र एक कार शुक्रबार बिहान ठोक्किदाँ आगोलागी भएको हो ।
ट्रेन र कार ठक्करपछि कार आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ भने रेलको करिव आधा भागमा आगोलागी भएको छ ।
प्रहरी अधिकारीहरुका अनुसार घटना मार्च २६ तारिख मध्यरातको समयमा भएको हो । घटनाको समयमा रेलमा यात्रु र चालक सहित ६४ जना सवार यात्री रहेको समाचारमा जनाएको छ । आगलागीबाट रेलको एक तिहाई भाग नष्ट भएपनि यात्रुहरु सकुशल उत्रन भ्याएका छन् । आगलागी एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
सिसिटिभी फुटेजमा देखिए अनुसार एक चालकले कारलाई रेलको ट्रयाकमा ल्याएर रोकेर आफु भागेको देखिएको प्रहरीले बताएको छ । फरार अभियुक्तको खोजी गरिरहेको प्रहरीले जानकारी गराएको छ ।
जापान यातायात सुरक्षा बोर्डले घटनालाई गम्भिर रुपमा लिंदै दुर्घटनाको अुनसन्धान गर्न दुई अन्वेषकहरू पठाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया