काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटमा समेट्नु पर्ने विषय र प्राथमिकताबारे सांसदहरूसँग सुझाव मागेका छन् । २०७३ सालमा लोकप्रिय बजेट ल्याएका मन्त्री पौडेलले दोस्रोपटक बजेटको तयारी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले संसदीय दलको बैठकमा अर्थमन्त्री पौडेलले बजेट निर्माणका मुख्य–मुख्य प्राथमिकताबारे चर्चा गर्दै सुझाव मागेका हुन् ।
अर्थमन्त्रीज्यूले बजेट निर्माणको पूर्वसन्ध्यामा रहेको भन्दै बजेटका लागि सांसदहरूलाई फिडब्याक दिन आग्रह गर्नुभयो, बैठकबारे एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।
अर्थमन्त्री पौडेलले बजेटका लागि पहिलोपटक जनताको सुझाव समेत आह्वान गरेका छन् । संघीय संरचना अनुसार केन्द्र सरकारले ठूला विकास निर्माणको आयोजनालाई महत्त्व दिने भएकाले त्यही अनुसारका सुझाव दिन सांसदहरूलाई मन्त्री पौडेलले आग्रह गरेका हुन ।
केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएपछि चौथो बजेटको तयारीमा लागेका अर्थमन्त्री पौडेलले जनताले अनुभूति गर्ने खालको बजेट ल्याउन भन्दै तयारी गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया