म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप : एकैदिन ९० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा एकैदिन ९० जनाभन्दा बढी मानवीय क्षति भएको छ । बीबीसीकाअनुसार शनिबार ‘आर्मड फोर्सज डे’को दिन  भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
त्यसअघि सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने बताएका छन् ।

सेनाले फेब्रुअरीमा शासन सत्ता हातमा लिएको थियो । त्यसयता भएका विरोध प्रदर्शनमा ३२० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

सुरक्षाकर्मीको गोली लागेर शनिबार माण्डलेमा ५ वर्षे बालकसहित २९ जनाको मृत्यु भएको छ । याङ्गुनमा मात्र २४ जना मारिएका छन् । थाइल्यान्डको सीमानेर म्यानमारको सशष्त्र आदिवासी समूह करेन नेसनल युनियनका एक कमाण्डर र लडाकुसहित १० थप मारिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया