राष्ट्र निर्माणमा युवाहरुको विचार लेखन प्रतियोगिता सम्पन्न, तनहुँका सुविन श्रेष्ठ प्रथम

भक्तपुर । युवाहरुको प्रतिभा खोजी र प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रीय युवा परिषदको आयोजनामा “समृद्ध राष्ट्र निर्माणका लागि युवाहरूको विचार विषयक लेखन प्रतियोगिता २०७७” सम्पन्न भएको छ

संघीय स्तरमा भएको लेखन प्रतियोगितामा तनहुका सुविन श्रेष्ठ प्रथम स्थान हासिल गर्न सफल भएका छन ।
उत्कृष्ट लेखन मध्येबाट द्वितीय आरती ढुंगाना काभ्रे, तृतीय स्थान हासिल गर्न सफल प्रकाश खत्री बैतडी,त्यसैगरि सान्त्वना स्थान निशा न्यौपाने रूपन्देही र कर्ण बहादुर रानामगर रोल्पाले हात पारेका छन ।
उत्कृष्ट लेखन मध्येबाट दोस्रो स्थान हासिल गर्न सफल आरती ढुंगना काभ्रे, तृतीय स्थान हासिल गर्न सफल प्रकाश खत्री बैतडी,त्यसैगरि सान्त्वना स्थान निशा न्यौपाने रूपन्देही र कर्ण बहादुर रानामगर रोल्पाले हात पारेका छन ।
७ प्रदेशबाट २१ जना सहभागि रहेको विचार लेखन कार्यक्रममा १६ वर्षदेखी २४ वर्ष उमेर समूहका युवाहरुको सहभागिता भएको थियो ।
उक्त लेखन प्रतियोगितामा युवा प्रतिभा पुरस्कारसहित प्रथम हुनेले ३० हजार रूपैया, दोस्रो हुनेले २० हजार, तृतीया हुनेलाई १५ हजार र सान्त्वना हुनेले ५/५ हजार नगद छन ।
राष्ट्रीय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङगेलको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रमको सभापति परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुंगानाले गर्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया