जापान । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उच्च भिजन भएको नेताको रूपमा छनौट भएका छन । एसियाको भविष्य’का नेताको रूपमा छनौट भएका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई जापानको राष्ट्रिय दैनिक निक्केईले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गर्दै २६औँ अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८ औँ नम्बरमा छनौट गरेको छ ।
विश्वमा कोरोनाको महामारी संकटको समयमा पनि कोरोनाभाइरस रोकथाम र एशियाको ूशान्ति, स्थायित्व र विविधताको सिद्धान्त पालन गर्दै कोरोना पछि नयाँ युगको लागि मार्ग प्रशस्त गर्न भविष्य देख्न नेताको रूपमा उल्लेख गरेको छ ।
विश्वका शक्तिशाली मुलुकहरूले समेत नेपालको नेतृत्वको बारेमा प्रशंसा गरिरहेको समयमा नेपालका राजनीतिक दल भने राजनीतिक खिचातानीमा नै व्यस्त रहेका छन् ।
ओलीले ‘एसियाको भविष्य’ विषयक छलफल सत्रलाई भर्चुअल सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ ६ र ७ मा आयोजना हुने ‘एसियाको भविष्य’ विषयक छलफल सत्रलाई भर्चुअलरुपमा सम्बोधन गर्ने भएका छन् ।
जापानको प्रतिष्ठित मिडिया हाउस निक्केइ इन्कर्पोरेसनले आयोजना गर्ने उक्त सत्रलाई प्रधानमन्त्री ओलीसहित पाकिस्तानी प्रधानमन्त्री इमरान खान, थाइल्यान्डका प्रधानमन्त्री प्रत्युत चान चाले र भारतीय विदेशमन्त्री एस जयशंकरले पनि सम्बोधन गर्ने उल्लेख छ ।
कार्यक्रम आयोजक संस्था निक्केइ इन्कर्पोरेसनले आफ्नो वेबसाइटमा कोभिड महामारीपछि विश्वको पुनर्उत्थानमा एसियाको भूमिकाबारे छलफल केन्द्रित हुने उल्लेख गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया