जापानमा कोरोना भाइरसबाट निधन हुनेको संख्या १० हजार नाघ्यो

टोकियो । जापानमा कोरोना भाइरस महामारीबाट निधन हुनेको संख्या १० हजार पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अप्रिल २६ तारिख मध्यान्हसम्ममा मृत्यु हुनेको संख्या १० हजार पार भएको हो ।

एनएचके समाचार संस्थाका अनुसार जापानभित्रै आन्तरिक रुपमा कोभिड९१९ भाइरस संक्रमण भएर निधन हुनेको संख्या १० हजार नाघेको जनाएके छ । यस बाहेक जापानमा योकोहामा डाइमण्ड प्रिन्सेस क्रुजमा ७१२ जना संक्रमित भएकामा १३ जनाले ज्यान गुमाएका छन् ।

जापानमा महिनादिन यता भाइरस संक्रमण बढ्दै जाँदा गम्भिर बिरामी हुनेको संख्या पनि बढिरहेको छ ।

हाल देशभर ८ सय ५० भन्दा धेरै गम्भिर बिरामी छन् भने दैनिक मृतकको संख्या ५० बाट उकालो लाग्न थालेको छ । जापानमा हालसम्म ५ लाख ७२ अजार कोरोना संक्रमित पुगेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया