नागोयामा भलिबल प्रतियोगिता सम्पन्न, गल्कोट स्पोर्टस् क्लव टोकियो ईतिहास रच्दै बन्यो प्रथम

जापान । गल्कोट समाज क्षेत्रीय समिति नागोया जापानले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ ।

अप्रिल २७ तारिख मंगलबार नागोयामा आयोजित प्रतियोगितामा जापानका बिभिन्न स्थानबाट ११ टोलिको सहभागिता रहेको थियो । प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र गुम्बा भलिबल गाईज पुगेका थिए । दुई पोलमा बिभाजित गरेको टाईसिटमा गल्कोट स्पोर्टस् क्लव टोकियो ,गल्कोट समाज जापान र बाग्लुंग समाज जापानलाई आयोजकले एउटै पोलमा राखेको थियो । यी तिनै टीम उपाधि दाबेदार टीम थिए । दुबै उत्कृष्ट बाग्लुग समाज र गल्कोट समाजको टीमलाई पराजित गर्दै गल्कोट स्पोर्टस् क्लवले बिजयी शुरुवात गरेको थियो । क्वाटर फाईनल बाट बेष्ट अफ फाईब खेलाएको आयोजकले फाईनल खेल भने समय अभाबमा बेष्ट अफ थ्री गरेको थियो ।

गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानमा भलिबलको प्रबर्धनमा निरन्तर लागेको संस्था समेत हो । यो जीत संगै जापानमा पछिल्लो समय बिभिन्न संघ संस्थाले आयोजना गरेका भलिबल प्रतियोगितामा निरन्तर चार पटक सम्म प्रथम स्थान प्राप्त गरेर ईतिहास रच्न सफल भएको छ ।

यस प्रतियोगितामा प्रथम हुने गल्कोट स्पोर्टस् क्लवले नगद ३ लाख येन ,प्रमाण पत्र,मेडल र रनिङ कप त्यस्तै द्वितीय हुने गुम्बा भलिबल गाईजले नगद २ लाख येन ,प्रमाण पत्र,मेडल तथा तृतिय हुने गल्कोट समाज जापानले नगद १ लाख येन प्रमाण पत्र,मेडल प्राप्त गर्न सफल भएको थियो ।

बिजयी गल्कोट स्पोर्टस् कल्वका तर्फबाट बेष्ट स्पाईक रेशम बस्नेत र बेष्ट डिफेन्डरको उपाधी मनोज केसीले प्राप्त गरेका थिए ।

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोग गर्ने

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता सम्पन्न छ । धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा र्निमाण कार्य भई रहेको उक्त रंगशाला आर्थिक अभावका कारण समस्यामा परेपछि जापानमा भलिवल प्रतियोगिता आयोजना गरेर आर्थिक सहयोग जुटाउन प्रतियोगिता आयोजना गरिएको हो ।

जापानको नागोयामा सम्पन्न उक्त प्रतियोगिताको आयोजना गल्कोट समाज जापान, क्षेत्रिय समिति नागोयाले गरेको हो । गल्कोट समाज जापान, नागोयाको क्षेत्रिय अध्यक्ष रामु थापाकाजीले जनस्तरबाट रंगशाला निर्माण कार्यमा सहयोग गर्न आफुहरुले भलिवल प्रतियोगिता आयोजना गरिएको बताउँदै सबै सहयोगी मनहरुलाई धन्यवाद दिएका छन्।

प्रतियोगिता पछि पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गल्कोट समाज जापान, नागोयाका संयोजक रामु थापाकाजीको अध्यक्षतामा एवं गल्कोट समाज, जापानका अध्यक्ष यम खत्रीको प्रमुख आतिथ्य सम्पन्न भएको थियो ।
कार्यकममा सामाजिक सेवामा योगदान गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।यस कार्यक्रमबाट बचेको रकम तत्काल सार्वजनिक गरि गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागी पठाईने गल्कोट समाज जापानका अध्यक्ष यम खत्रीको भनाई छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया