यस्तो अवस्था आउनुमा तेलको मूल्यमा आएको उतारचढाव र विदेशी विनिमय दरलाई पनि कारक मानिएको छ । सन् २०२० मा दक्षिण एसियाली मुलुकमा भित्रिने रेमिट्यान्सको प्रवाह ५.२ प्रतिशतले वृद्धि भएको विश्व प्रतिवेदनमा जनाइएको छ । सन् २०२० मा दक्षिण एसियाली मुलुकमा १ सय ४७ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको थियो । विशेषगरी बंगलादेश र पाकिस्तानमा भित्रिने रेमिट्यान्समा वृद्धि भएको प्रतिवेदनमा जनाइएको छ ।
दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा बढी
रेमिट्यान्स भित्र्याउने राष्ट्र भारतमा सन् २०२० मा रेमिट्यान्सको प्रवाह जम्मा ०.२ प्रतिशतले मात्रै घटेको थियो । संयुक्त अरब इमिरेट्सबाट भारत भित्रिने रेमिट्यान्समा १७ प्रतिशत कमी आए पनि अन्य देशबाट भित्रिने रेमिट्यान्स वृद्धि हुँदा समग्र अवस्थामा कमी नआएको प्रतिवेदनमा उल्लेख छ । पाकिस्तानमा सन् २०२० मा रेमिट्यान्सको प्रवाह १७ प्रतिशत बढेको छ ।
बंगलादेशमा रेमिट्यान्स प्रवाह १८.४ प्रतिशत र श्रीलंकामा भने ५.८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा जनाइएको छ । यसविपरीत नेपाल भित्रिने रेमिट्यान्स भने सन् २०२० मा २ प्रतिशतले कमी आएको थियो । सन् २०२० को त्रैमासिक नेपाल भित्रिने रेमिट्यान्समा १७ प्रतिशतमा कमी आएको भए पनि समग्र वर्ष भित्रिएको रेमिट्यान्स भने २ सन् २०१९चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउने को तुलनामा २ प्रतिशतले मात्रै कम छ ।
सन् २०२१ मा दक्षिण एसियामा भित्रिने
रेमिट्यान्समा ३.५ प्रतिशतले कमी आउने विश्व बैंकको आकलन छ । उच्च आय भएका मुलुकको आर्थिक वृद्धि मध्यमस्तरमा हुने र त्यस्ता देश जाने कामदारमा पनि कमी आउने भएकाले रेमिट्यान्समा कमी आउने आकलन गरिएको हो । सन् २०२० को पहिलो ७ महिनामा नेपालमा श्रम स्वीकृति लिने कामदारको संख्या ६५ प्रतिशतले घटेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया