गल्कोट स्पोर्टस् क्लवको छैटौँ भलिबल प्रतियोगिता तयारी पुरा, १२ टीमको सहभागि रहने

टोकियो । गल्कोट स्पोर्टस क्लब टोकियो जापानले आफ्नो सातौँ बार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको छैटौँ सिल्भर कप भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
प्रतियोगिता आयोजक समितिका महासचिव दुर्गा खत्रीका अनुसार आगामी २४ तारिख सोमबार बिहान नौ बजेदेखी साईतामाको वारावी कितामाचीको जिम्नासियम हलमा जापानभरिका १२ टिमले प्रतिस्पर्धा गर्ने छन ।
उपाधी विजेताले तीन लाख येन, उपविजेताले दुईलाख येन नगद पुरस्कार पाउने छन भने सेमिफाईनलिष्ट दुई टीमले सान्त्वना स्वरुप ५०-५० हजार येन सहित मेडल तथा प्रमाणपत्र समेत प्राप्त गर्ने छन ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई ट्रफी र सम्मान पत्रले सम्मान गर्ने गरि बिधागत आठवटा पुरस्कार उत्कृष्ठ कोच देखि खेलाडीलाई प्रदान गर्ने घोषणा गरेको छ भने एकजना खेलाडीका लागि जापानमा नेपालीहरूले संचालन गरेको मिराई लाईफ ईन्स्योरेन्सबाट निशुल्क बीमा पुरस्कार स्वरूप प्रदान गरिने छ ।

प्रतियोगिताका लागि विभिन्न महानुभावहरूले प्रायोजन गर्ने घोषणा गर्नु भएको छ । गल्कोट समाज जापानको मुख्य प्रायोजन रहेको प्रतियोगितामा सिल्भर कप प्रायोजन व्यवसायी चन्द्र बहादुर खत्रीले गर्नु भएको छ भने प्लाटेनियम स्पोन्सरमा सुमेघ टुर्स एण्ड ट्राभल्स्,हिमालयन रेष्टुरेण्ट ओसाका ,र हिमालयन अटो पार्टस् बाग्लुग,ब्यबसायी दददीवल खड्का, अम्मर भण्डारी, देवेन्द्र खत्री रहेका छन् ।

प्रचार प्रसार बिभाग संयोजक हिमाल कँडेलका अनुसार कोरोना संक्रमणको विषम अवस्थामा जापान सरकारले दिएको सबै मापदण्ड पुरा गरेर प्रतियोगिता गरिने छ । जसका लागि खेलाडी तथा क्लवका पदाधिकारीहरूले समेत बिहान नौ बजे पूर्व नै उपस्थिति हुन अनुरोध गर्नु भएको छ । साथै उपस्थित सबैलाई एक सेट छुट्टै स्पोर्टस् सुज,माक्स र पन्जा अनिबार्य गरिएको पनि कँडेलले जानकारी दिनु भयो ।

खेल ३३५-०००१ साईतामा केन वारावी कितामाची १-२७-१५ जिम्नासियम हल मा संचालन हुने छ जसको फोन नम्वर ०४८-४३२-२६११ रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया