काठमाडौं । बायर्न म्युनिखका रोबर्ट लेवनडोस्कीले शनिबार जर्मन बुंडेसलिगामा गोलको नयाँ कीर्तिमान बनाएका छन् । उनले गर्ड मुलरको नाममा रहेको ४९ वर्ष पुरानो कीर्तिमानलाई उछिनेका हुन् ।बायर्नले यस सिजनको अन्तिम लिग खेलमा असबर्गमाथि प्राप्त गरेको ५–२ जितमा लेवनडोस्कीले ९० औं मिनेटमा एक गोल गरे । यो उनको लिगमा ४१औं गोल रह्यो । यससँगै उनले यो सिजन क्लबका लागि ४६ खेलमा ५३ गोल गरेका छन् ।
शनिबारको अन्तिम दिनको खेलसँगै यसपल्टको बुंडेसलिगा टुंगेको छ । बायर्न ७८ अंकसहित लिग विजेता रह्यो भने त्यसपछि शीर्ष चारमा आरबी लाइपजिग, बोरुसिया डर्टमुन्ड र उल्भ्सबर्ग रहे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया