जापान । नेपाल आदिवासी जनजाति महासंघ क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । शनिबार जुम भर्चुअल माध्यमबाट भएको क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो अधिबेशनबाट अध्यक्ष रोशन कुमार राईको नेतृत्वमा नयाँ २०२१ ०२३ कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
क्युस्यु फुकुओका क्षेत्रमा रहेका बिभिन्न जातीय संघसंस्थाहरुको नेतृत्व गर्दै आईरहेको नेपाल आदिबासी जनजाति महासंघ क्युस्युले एक अध्यक्ष, एक महिला उपाध्यक्ष सहित ३ जना उपाध्यक्ष, १ सचिब, १ सहसचिब, १ कोषाध्यक्ष, १ सह–कोषाध्यक्ष र ७ प्रत्यक्ष सदस्य रहेको नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो ।
क्युस्यु क्षेत्रमा संगठनात्मक रुपमा राम्रो उपस्थिति तथा काम गर्दै आईरहेको अध्यक्ष भिम बहादुर गुरुङ्गको अध्यक्षता र महासंघ जापानका केन्द्रिय अध्यक्ष संजिब चाम्लिङ् राईको प्रमुख अतिथिमा तेस्रो अधिबेशन सम्पन्न गरेको हो । क्युस्यु क्षेत्रिय कार्यसमितिका सचिब सन्तमान शाक्यको संचालनमा भएको क्युस्यु क्षेत्रको तेस्रो अधिबेशनमा नेपाल आदिबासी जनजाती महासंघका अग्रज ब्यक्तित्वहरु, क्युस्यु क्षेत्रका बिभिन्न संघसंस्थाका संयोजक तथा प्रतिनिधिहरुको उपस्थितिमा अध्यक्ष रोसन कुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
क्युस्यु क्षेत्रिय कार्यसमितिद्धारा निर्माण गरिएको निर्वाचन कमिटिका संयोजक रामकृष्ण श्रेष्ठ, सदस्यहरु प्रदिप श्रेष्ठ, हस्त लामा र निवर्तमान अध्यक्ष भिम बहादुर गुरुङ्ग सदस्य रहने गरि गठन गरिएको निर्वाचन कमिटिले आह्वान गरिएको उम्मेद्धारीमा क्षेत्रिय पदाधिकारीहरुको पदमा उम्मेद्धारी धेरै आएको र सबै जाती बर्गहरुको समान सहभागितालाई मध्यनजर गर्दै केहि पदहरु बिधान संशोधन मार्फत थप्ने गरि केन्द्रिय कार्यसमितिका अध्यक्ष संजिब चाम्लिङ्ग राई, क्युस्यु क्षेत्रिय कार्यसमिति र निर्वाचन कमिटि क्युस्यु बिचको छलफलबाट केन्द्रिय बिधान र क्युस्यु क्षेत्रिय कार्यसमितिद्धारा निर्माण गरिएको निर्वाचन कार्यबिधि २०२१ को अधिनमा रहि नयाँ कार्यसमिति गठन गर्नुपर्ने, केन्द्र र क्षेत्रको भिन्नतालाई मध्यनजर गर्दै क्षेत्रमा महासचिब हटाई सचिब र सह–सचिब र १ महिला सहित ३ उपाध्यक्ष रहने गरि नयाँ कार्यसमिति गठन गर्न उचित ठहर गर्दै सोही बमोजिम नयाँ कार्यसमिति गठन गरिएको निर्वाचन कमिटिका संयोजक रामकृष्ण श्रेष्ठले बताउनु भयो ।
क्युस्यु क्षेत्रमा नेफिन क्युस्यु एक सक्षम र बिधिबिधान सम्वत चल्ने संस्था भएकोले प्रक्रियागत रुपमा नयाँ कार्यसमिति गठन गर्न सफल भएको र आगामी दिनमा पनि क्युस्यु क्षेत्रमा जनजातीहरुको सवाल मात्र नभई सिङ्गो क्युस्यु क्षेत्रको नेतृत्वदायी भूमिका निर्बाह गर्न सक्नेछ भन्ने बिश्वास पनि ब्यक्त गनूभएको थियो । उक्त महाधिबेशनमा सहभागि बिभिन्न संघसंस्थाका प्रतिनिधि ज्युहरुले पनि क्युस्यु क्षेत्रमा जनजाति महासंघ एक सशक्त संस्थाको रुपमा स्थापित भएको र आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । यस्तै हाम्रो नेपाल हामी नेपालीका संयोजक धर्मराज अधिकारी ज्युले पनि क्युस्यु क्षेत्रमा जनजातीहरुको उपस्थिति र संघसंस्था प्रतिको सहभागिता उल्लेख्य भएको र जापानमा सिकेका ज्ञान सिपलाई राष्ट्र निर्माण लगाउन सके उचित हुने राय ब्यक्त गर्नु भएको महासंघका सचिब सन्तमान शाक्य ज्युले बताउनु भयो ।
नेफिन क्युस्यु क्षेत्रिय कार्यसमितिको नयाँ कार्यसमितिको अध्यक्षमा रोसन कुमार राई, उपाध्यक्षमा सचिन नेम्बाङ्, अर्जुन पुन मगर र महिला उपाध्यक्षमा ललिता तामाङ्, सचिबमा सन्तमान शाक्य, सहसचिबमा ईन्द्र घले, कोषाध्यक्षमा प्रदिप कुमार राई, सह–कोषाध्यक्षमा बेग बहादुर राना, सदस्यहरुमा प्रबिन श्रेष्ठ, सिर्जना मगर, नानी माया तामाङ, सुमन सिंह लिम्बु, अनिता श्रेष्ठ, असल सिंह मोक्तान, परिता राई र बाबु गुरुङ्ग सहितको १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया