पीएसजीलाई पछि पार्दै लिले फ्रेन्च लिग वान च्याम्पियन

काठमाडौं । लिलेले फ्रेन्च लिग वानको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा एङ्गर्सलाई २-१ ले पराजित गर्दै लिले च्याम्पियन बनेको हो। उसले साविक विजेता पीएसजीलाई  १ अंकले पछि पार्यो।लिलेको जितमा जोनाथन डेभिड र बुराक यलमाजले गोल गरे । एङ्गर्सका एन्जेलो फुल्गिनीले इन्जुरी टाइममा गोल फर्काए पनि लिलेको जित रोक्न सकेन ।अर्को खेलमा पीएसजीले ब्रेस्टलाई २-० ले पराजित गर्‍यो तर उपाधि जोगाउन सकेन ।
लिले १० वर्षपछि च्याम्पियन बनेको हो । लिलेले सन् २०१०र११ मा लिग जितेको थियो । उता २०१६र१७ पछि पीएसजी लिग जित्न असफल रह्यो ।यस्तै लियोन नाइसंग ३-२ ले पराजित भएपछि मोनाको लेन्ससंग बराबरी खेल्दै तेस्रो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया