टोकियो । नेपाल एमालेको प्रवास संगठन जापानको आन्तरिक विवाद मिलाउन कार्यदल बनाएको छ । नेपालको सत्तारुढ दल नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च जापान र प्रवासी नेपाली एकता मञ्च जापानको विवाद समाधान गर्न आइतवार एक भेला गरि ९ सदस्यीय कार्यदल बनाएको हो ।
प्रवासी मञ्चका नेता महेन्द्रकुमार अधिकारीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल बनाएको कार्यदल सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए। २०औं अधिबेशनबाट प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटी जापानको अध्यक्षको भूमिकामा रहि जापानमा रहेको संगठनको काम गर्दै गर्दा नेपालको जनप्रतिनिधी निर्वाचित भएपछी विवाद समधान गरि महेन्द्रकुमार श्रेष्ठलाई जापानबाट औपचारिक रूपमा बिदाई गरिने जनाएको छ ।
कार्यदलको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, विकास पौडेल, सागर रिजाल, गम्बिरजंग बस्नेत, अनुज राज क्षेत्री, राकेश रम्बा, मनोज श्रेष्ठ र विरोध चालिसे रहेका छन । नेकपा एमाले केन्द्रको विवाद प्रवास जापानमा पनि देखिएकोले उत्पन्न विवादलाई छिट्टै समधान गर्ने र चुनाव चिन्ह सूर्य र एमालेमा एक भएर जाने निचोड समेत निकालेको राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
कार्यदलले प्रवासी मञ्च जापानका दुबै नेतृत्वहरुसंग औपचारिक रूपमा छलफल गरि विबाद समधान गरिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया