जनप्रगतिशिल मञ्च जापानद्धारा कोरोना नियन्त्रणका लागि ९ लाख बढी सहयोग

टोकियो । जनप्रगतिशिल मञ्च जापानद्धारा कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रको खातामा आपत्कालिन सहयोग रकम हस्तान्तरण गरिएको छ ।
कोभिड १९ को दोश्रो लहर नेपालमा पनि तिव्र गतिमा फैलिरहेकोले यसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रवास समन्वय कमिटीले मञ्चसंग सहकार्य गरी वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा रहनुभएका विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट संकलित ९ लाख १५ हज़ार ११ रुपैया नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को खातामा जम्मा गरिएको जनप्रगतिशिल मञ्च जापानका पूर्वी एसिया कमिटी संयोजक हर्क थापाले जानकारी दिनुभयो ।
नेपालमा कोरोना थप जटिल, गम्भिर बन्दै गईरहेको र स्वास्थ्य सामग्रीहरूको समेत अभाव भईरहेकोले कोरोनाबाट ग्रसित बिरामीहरुले समयमै उपचार नपाउदा ज्यान गुमाउनुपरेकोले आफ्नो जन्मभुमिप्रति थोरै भएपनि राहत पुगोस् भन्ने उदेश्य सहित सहयोग हस्तान्तरण गरिएको जनप्रगतिशिल मञ्च जापानका पूर्वी एसिया कमिटी सदस्य भवानी पन्तले बताउनुभयो ।

मञ्चले जन्मभूमिमा परिरहेको संकट नियन्त्रणमा हातेमालो गर्दै कोरोनाले प्रभावित विभिन्न क्षेत्रमा राहत उपलव्ध गराउने पार्टी केन्द्रको कार्यक्रमलाई सहयोग पुर्याउनका लागि सो रकम संकलन गरेर हस्तान्तरण गरिएको समेत जनाएको छ ।
कोरोनाले सिर्जित विषम परिस्थितिमा जन्मभुमिप्रति प्रवासीले देखाएको सदासहायता प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि जन्मभूमिमा परिरहने विपतमा प्रवासीहरू सदैव साथ रहने जनप्रगतिशिल मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामाले बताउनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया