जापानको गुन्मा केनमा ३५ वर्षीय नेपाली युवाको सुतेकै अवस्थामा निधन

जापान । जापानको गुन्मा केनमा एक नेपाली युवाको सुतेकै अवस्थामा असामयिक निधन भएको छ । गुन्मा केनको माएबासीमा बस्दै आएका झलक गुरुङ सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

चार वर्षअघि जापान आएका गुरुङ ३५ वर्षका थिए । मे २४ तारिख सोमबार दिनमा काम गरेर फर्केका गुरुगंले साँझ नेपालस्थित परिवारसँग भिडियो कुराकानी समेत गरेका थिए । साँझ खाना खाएर सामान्य अवस्थामै सुतेका गुरुगंलाई बिहान ओछ्यानमा मृत भेटिएको सँगै बस्दै आएका उनका साथीले बताएका छन् ।

मृतक गुरुङको शव हाल पोष्टमार्टमको लागि प्रहरी नियन्त्रणमा अस्पतालमा रहेको गुन्मा जनाएको छ । प्रहरीले प्रारम्भिक रुपमा हृदयघातका कारण निधन भएको अनुमान गरेपनि पोष्टमार्टम रिपोर्टपछि मात्र विस्तृत जानकारी थाहा हुने बताईएको छ । राती सुत्दा कोठामा सामान्य अवस्थामा गर्मीका कारण झ्याल केही खुल्ला राखेर पर्दा लगाइएको अवस्थामा रहेको बताइएको छ ।

मृतक गुरुङको परिवार नेपाल लमजुगं जिल्ला स्थायि घर भई हाल पोखरा बस्दै आएका छन् । गुरुङको नेपाल परिवारमा बुवा आमा सहित श्रीमती र एक छोरी रहेकी छिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया