टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले प्रमाणीत सदस्यहरुहरुको नामावली प्रकाशन गरेको छ । ९ हजार २७३जनाको सदस्यता प्रमाणीकरण भएको प्रमाणीकरण समितिले एक सुचना प्रकाशन गरी जनाएको छ । ७७० जनाको सदस्यता प्रमाणीकरण हुन बाँकी रहेको तथा ३४ जनाको आबेदन बदर भएको प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
गत फेब्रुवरी २५ देखी अप्रिल ३० तारिख सम्म परिषदले निश्चित मापदण्ड तोकी सदस्यता आवहान गरे बमोजिम बनेका सदस्यहरुको नामावली प्रकाशन गरीएको जनाएको छ ।
प्रकाशित सदस्यता नामावलीमा कुनै दावी बिरोध रहेमा यही मे २८ तारीख सम्ममा एनआरएनए जापानको इमेल nrmanceipn@gmail.com मा लिखितरुपमा दावी गर्नसकीने ब्यवस्था गरेको छ । साथै प्रामाणिकरण हुन बाँकी एप्लिकेसनको सम्बन्धित व्यक्ति लाई प्रमाणीकरण हुन बाँकी रहेको कारण सहित इमेल पठाइएकोले आफ्नो इमेल चेक गरी सोही बमोजिम आफ्नो एप्लिकेसन यही मे ३१ तारीख भित्र पठाउनको निम्ति अनुरोध गर्नुका साथै उक्त समय भित्र पूर्ण नभयका एप्लिकेशन स्वतः बदरहुने पनि जनाएको छ ।
सदस्यता प्रमाणित भैसकेका सदस्यहरुले आफ्नो इमेल अवथा फोन नं हरु पुन: चेकगरी केहि गलत भयमा निर्वाचन मितिको ( जुलाई २७ , २०२१ ) २ हप्ता भन्दा पहिला सच्याई सक्नु पर्ने पनी जनाएको छ ।
साथै अन्लाईन पेमेन्ट गर्नु भएको रसिद राख्नु भयपनी एनआरएनए जापानको बैंक खातामा उक्त रकम नआएकोले त्येस्तो एपलिकेसनहरुलाई पनि कारणसहित इमेल गरीएकोले हेर्नुहुन पनि अनुरोध गरेको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया