जापान । गैरआवासीय नेपाली संघ, जापान नागानो क्षेत्रीय समितिको तेस्रो अधिबेशन सम्पन्न भएको छ । बुधबार भर्चुअल रुपमा भएको अधिवेशनबाट नन्दराज रेग्मीको संयोजकत्वमा सर्वसम्मत नागानो क्षेत्रीय कार्य समिती गठन भएको छ ।
समितिको उप संयोजकमा जीवन क्षेत्री,सचिवमा मनोज कुमार कडरिया, उपसचिवमा कृष्ण डल्लाकोटी, कोषाध्यक्षमा पदम खड्का तथा सहकोषाध्यक्षमा सुदर्शन सापकोटा सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै एक महिला सदस्यमा पछी मनोनित गर्ने गरी नारायण अम्बाई, नबिन रेग्मी, प्रमोद खत्री, निर्मल अर्याल, दोमे सार्की शेर्पा सदस्यमा सर्वसम्मति चयन हुनु भएको छ ।
अधिवेशनमा एनआरएनए जापानका अध्यक्ष देबीलाल भन्डारी, पुर्व आईसिसि सदस्य केशर गिरी ,क्षेत्रिय उपाध्यक्ष दिपक कार्की,सचिब बिष्णु प्रसाद घिमिरे , टिकाराम खरेल, बिकास बस्नेत प्रवक्ता सिद्धार्थ श्रेष्ठ ,सदस्य रामकृष्ण श्रेष्ठ, नागानो क्षेत्रिय समितिका निवर्तमान अध्यक्ष बिजय कार्की ,पुर्ब अध्यक्ष पम खत्रीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया