एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको संयोजक पदमा ३ जनाको दाबी, सहमतिको प्रयास जारी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रिय समितिको संयोजक पदमा ३ जनाको उम्मेद्वारी परेको छ ।
एनआरएनए जापानको क्षेत्रीय कार्यसमिति कान्तोको आगामी नेतृत्वको लागि मे २५ तारिख भएको उम्मेद्वार दर्ता अनुसार संयोजक पदमा ३ जना विमानसिंह मोक्तान, भीमसेन राय र दिपेश खत्रीको दाबी परेको छ । कांतोको ७औं अधिवेशनको निर्वाचन मे ३० तारिख तोकिएको निर्वाचनमा सहमतिको प्रयास जारी रहेको जनाएको छ । एनआरएनए, कान्तो जापान क्षेत्रीय कार्यसमितिको आगामी नेतृत्वको चयनको लागि निर्वाचन कार्य तालिका सार्वजनिक चहल पहल समेत बढ़ेको थियो ।
एनआरएनए राष्ट्रिय समन्वय समिति जापानले मे १५ देखि जुन १५ सम्म जापानका सम्पूर्ण क्षेत्रीय कार्यसमितिहरुलाई अनिवार्य रुपमा अधिबेशन सम्पन्न गर्न दिएको निर्देशन बमोजिम कान्तो क्षेत्रीय कार्यसमितिको बैठकबाट मे ३० तारिख आईतवारको दिन अधिबेशन गर्ने निर्णय गरिएको थियो ।
निर्वाचन सम्पन्न गर्न बिजय थकालीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समितिको सदस्यहरुमा बाबुराम पौडेल , बाबुराम सापकोटा, हरि सापकोटा र लेलिन भट्टचनको संयुक्त हस्ताक्षर गरेको एक विज्ञप्ति मार्फत सबै पदका दाबीहरु सार्वजनिक गरेको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्य तालिका अनुसार यहि में २५ तारिख नामावली प्रकाशन र उम्मेदवारी दर्ता, २६ तारिख दर्ता नामावली प्रकाशन, २९ तारिख दाबी,विरोध तथा उम्मेदवारी फिर्ता र सहमति र अन्तिम नामावली प्रकाशन र जुन ५ तारिख निर्वाचन गर्ने निर्वाचन समितिका संयोजक बिजय थकालीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया