विश्वमा १५ करोड भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा हुने भन्दा संक्रमणमुक्त हुनेको बढेको हो ।
२४ घण्टामा ६ लाख ९८ हजार ६ सय भन्दा बढी संक्रमणमुक्त भएका छन् । यो संगै विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १५ करोड ७ लाख २ हजार ८७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ५३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड ९० लाख ७१हजार १७८ पुगेको छ । संक्रमितमध्ये १ करोड ४८ लाख ५६ हजार भन्दाबढी सक्रिय संक्रिमतको संख्या रहेको छ । जसमध्ये ९४ हजार ८ सय बढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार १ सय बढीको मृत्यु भएसंगै मृतकको संख्या ३५ लाख १२ हजार २३ पुगेको हो । कोरोनाका कारण विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख ६ हजार १७९ जनाको मृत्यु भएको छ भने ३ करोड ३९ लाख ७१ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएको छ ।
छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २ करोड ७३ लाख ६७ हजार ९३५ पुगेको छ भने ३ लाख १५ हजार २६३ जनाको मृत्यु भएको छ । हालसम्म २ करोड ४६ लाख २६ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । पछिललो २४ घण्टामा भारतमा २ लाख ११ हजार ५५३ जनामा संक्रमण भएको छ भने३ हजार ८४२ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया