काठमाडौं । नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।
शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८मा २०७१/७२ को महाभुकम्पबाट श्रृजित आर्थिक क्षति भन्दा पनि यो उच्च भएको जनाएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो २ दशकमै पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताए ।
उनले स्वास्थ्य संकटको अवस्थामा क्रमश सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक बर्षमा ४ दशमल शून्य १ प्रतिशत रहने अनुमान गरिएको भएपनि चालु आर्थिक वर्षको तेश्रो चौमासिकबाट तिब्र गतिले फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपुर्ण बन्दै गएको बताए ।
उनले भने, ‘आर्थिक वर्ष २०७६/७७ मा कोभिड १९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुनेगरी आर्थिक वृद्धि दर पछिल्लो २ दशकमै पहिलो पटक २ दशमलब १२ प्रतिशतले ऋणात्मक रहेको छ । यो आर्थिक बर्ष २०७१/७२ मा गएको विनाशकारी भुकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा पनि उच्च हो । स्वास्थ्य संकटको अवस्थामा क्रमश सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४ दशमल शून्य १ प्रतिशत रहने अनुमान गरिएकोमा चालु आर्थिक वर्षको तेश्रो चौमासिकबाट तिब्र गतिले फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण बनेको छ ।’
आर्थिक सर्वेक्षण २०७८मा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलब ८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९१ पुगेको अनुमान गरिएको छ । त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९६ पुगेको अनुमान गरिएको छ । पछिल्ला बर्षहरुमा बस्तु तथा सेवाको औषत मुल्यस्तर बाञ्छित सीमाभित्र नै रहेको जनाइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया