भण्डारीमाथि आर्थिक घोटालाको आरोप, मार्ग प्रशस्त गर्न छानबिन समितिको आग्रह

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष देविलाल भण्डारीमाथि एकपछि अर्को आर्थिक अनियमितताको आरोप लागेका छ ।
अध्यक्ष भण्डारीले आफुमाथि लागेका आरोपबारे प्रस्टिकरण दिन आइतवार टोकियोमा पत्रकार सम्मेलन गरेपनि पर्याप्त प्रमाण पेश गर्न नसकेपछी पत्रकार सम्मेलन बिना निष्कर्ष टुंगिएको थियो ।

एनआरएनए जापानको अध्यक्ष हुनु अघि देखि नै देविलाल भण्डारीले सडक दुर्घटनामा निधन भएका ब्यक्तिहरुको सदगद र उद्धार गर्दै आएका थिए तर मृतकको बिमा रकम एकपछि अर्को घटनामा आर्थिक घोटालाको आरोप लागेका छ ।
अध्यक्ष भण्डारीले सन २०१७ मा निधन भएका हृदयेस जिसी र सन २०१९ मा निधन भएकी ममता तामाङको बिषय पत्रकार सम्मेलनमा सबै प्रमाण सार्वजनिक गर्ने घोषणासहित पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

अध्यक्ष भण्डारीले पत्रकार सम्मेलनमा जिसीको नेपाल परिवारसँग लिएको नगद १३ लाख रुपैया तथा ममताको केशमा ३५ लाख खर्चको सबै प्रमाण पेश गर्न सकेनन्‌ । केही बिषयमा भण्डारीले कागजात पेश आरोपको खण्डन गरेका छन । आरोपका बिषयमा प्रमाण जुटाउन नसकेपछी अध्यक्ष भण्डारीले प्रमाण संकलन गरेर पुन: आउने बताउदै आफुले पत्रकार सम्मेलन अन्त्य गरेका थिए ।

पत्रकार सम्मेलनमा आर्थिक घोटालाको गम्भिर आरोप लागेको अवस्थामा पदबाट नैतिकताको आधारमा एनआरएनए जापानको अध्यक्ष पदबाट राजिनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न पत्रकारहरुले सुझाब दिएका थिए ।
एनआरएनए जापानका पूर्व उपाध्यक्ष सरोजकुमार खत्री तथा सामाजिक अभियन्ता दिपक नेपालले एनआरएनए जापानको अध्यक्ष जस्तो पदमा रहेका ब्यक्तिले यस्तो गम्भिर आरोप लाग्नु समग्र सामाजिक आरोप लागेको बताउँदै पदबाट राजिनामा दिएर छानबिनमा सघाउन सुझाब दिनुभएका छन ।

मृतक हृदयेस जिसीको दाई मोहन तथा बुवाले देविलाल भण्डारीले जापानमा विभिन्न शिर्षकमा खर्च भएको भन्दै १३ लाख घरमैं आएर लिएर गएको बताएका थिए ।
त्यस्तै आफ्नो दिवंगत श्रीमतीको शरीर नेपाल लान लागेको खर्च सामान्यभन्दा दोब्बर लागेको भनि बीमा रकमबाट असुलेर पीडितलाई अझ पीडा दिने काम गरेको पीडित राम तामाङले बताए ।

मार्ग प्रशस्त गर्न छानबिन समितिको आग्रह
एनआरएनए जापानको आर्थिक अनियमितताको छानबिनको लागि बनेको उच्चस्तरीय छनबिन समितिले एकपछि अर्कों विषयमा आर्थिक घोटालाको आरोप लागेकोले देबिलाल भण्डारीलाई एनआरएनए जापानको अध्यक्ष पदबाट राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
उच्चस्तरीय छनबिन समितिको आइतवार बसेको बैठकले सो निर्णय गरेको समितिका संयोजक राजन प्रधाङगले जानकारी दिनुभयो ।
एनआरएनए जापानका संस्थापक अध्यक्ष समेत रहनु भएका प्रधाङगका अनुसार वर्तमान अध्यक्ष देबीलाल भण्डारीमाथिको आरोप सप्रमाण जवाफ माग्ने र त्यसअघि अध्यक्ष पदबाट राजिनामा गरेर मार्ग प्रशस्त गर्न आग्रह गरेको बताउनु भयो ।
उच्चस्तरीय छनबिन समितिले आउँदो साता पत्रकार सम्मेलन गरेर हाल सम्मको विवरण सार्वजनिक गर्ने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया