क्यानाडामा विद्यालय परिसरमा २१५ बालबालिकाको सामूहिक चिहान फेला

काठमाडौँ । क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित क्याम्लुप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको छ । सन् १९७८ मा यो विद्यालय बन्द भएको थियो । स्थानीय सरकारले सो चिहान बिहीबार फेला परेको बताएको हो।

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन्– ‘यो दुःखद् स्मृति हाम्रो मुलकको इतिहासकै एक लज्जास्पद अध्याय हो ।’ स्थानीय प्रशासनले संग्रहालय विशेषज्ञको सहयोगले तिनीहरूको मृत्युको समय र कारण पत्ता लगाउने काम भइरहेको जनाएको छ । ब्रिटिस कोलम्बियाको शहर क्याम्लुप्सका प्रमुख राजान्ने क्यासिमिरले उक्त विद्यालयको प्रशासनले कहिल्यै पनि त्यति ठूलो सङ्ख्यामा विद्यार्थी वेपत्ता भएको विवरण तथा तथ्यांक राखेको नपाइएको बताएका छन् । १९ र २०औं शताब्दीमा आदीवासी युवाहरूलाई शिक्षित बनाउन आवासीय विद्यालयहरू अनिवार्य गरिएको थियो । त्यस्ता विद्यालयहरू सरकार आफैं वा धार्मिक निकायहरूले सञ्चालन गर्ने गर्थे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया