प्रवासी मञ्च जापानद्धारा कोरोना नियन्त्रणका लागि १० लाख सहयोग हस्तान्तरण

कविकिरण न्यौपाने, नागोया । जापानमा नेकपा एमाले निकट प्रवासी नेपाली एकता मञ्चको सचिवालय गठन गरिएको छ ।
जापानमा पनि कोरोना संक्रमणको जोखिम नघटेकाले बैठक जुमबाट गर्न परेको कँडेलले बताए । बैठकले १७ सदस्यिय सचिवालय गठन समेत गरेको छ । जसमा अध्यक्ष सुरेश केसी, सचिव डा.सरोज कँडेल सहित सदस्यहरुमा कुलचन्द्र खरेल, मोहन रायमाझी, स्वतन्त्र पौडेल, मिलन घिमिरे, प्रकाश ढकाल,अर्जुन अधिकारी, दीप पाठक, नारायण पौडैल, बुद्धिराज घिमिरे, दीपक घिमिरे, मुक्तिराम खरेल ,हरी पौडेल, कृष्टिना भण्डारी, कमल बानिया, प्रलादसिंह महत रहेको प्रवासी नेपाली एकता मञ्च जापानका प्रचार विभाग प्रमुख प्रकाश ढकालले जानकारी गराए ।
त्यस्तै बैठकले वर्तमान सरकार र पार्टीका अध्यक्ष केपी शर्मा ओलीका बिरुद्धमा प्रवासी नेपाली मंचको नेताको हवला दिदै जापानका बिपक्षी मातृ संगठनसंग सांठगांठ गरी बिज्ञप्ति निकालेको हुँदा संगठनको एकता र हार्दिकतामा आंच पुर्याउने,अनुसाशनको उल्लङ्घन भएकोले संगठित सदस्य हरि लामिछानेलाई ६ महिनाको लागि संगठित सदस्यबाट निलम्वन गर्ने र सोको जानकारी पार्टी केन्द्रिय संगठन बिभागमा पठाउने निर्णय गरिएको बताइएको छ । संगठनको हित विपरीत जाने जो कोही पनि कारवाहीको भागेदार हुने मञ्चका अध्यक्ष सुरेश केसीको भनाई छ ।
त्यसै गरी बैठकले प्रवासी नेपाली एकता मञ्चको पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ नेपालको पर्वत जिल्लाको स्थानीय तहको जनप्रतिनिधी जापान आएको बेला जापानको प्रवासी नेपाली एकता मञ्चलाई मजबुत बनाउन लाग्न अपिल गरेको छ ।

साथै बैठकले प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटिको आब्हानमा कोभिड च्यालेन्ज फण्डको लागि जापानले जापान रहेका समर्थक शुभचिन्कतहरु संग १ हप्ता सहयोग संकलन अभियान संचालन गरेको र सकृय सहभागितामा नेपाली रुपया १० लाख ५५ हजार अन्तर्राष्ट्रिय कमिटिलाई हस्तान्तरण गरिएको जानकारी गराउदैं सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई मञ्च जापानद्वारा हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।
कमिटिका अध्यक्ष सुरेश केसीको अध्यक्षतामा भएको भर्चुअल बैठकको सञ्चालन कमिटिका सचिव डा.सरोज कँडेलले गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया