दुर्गाप्रसाद आर्चाय,टोकियो । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङवाट जापानमा आई बिभिन्न पेशा,ब्यवसाय र विद्यार्थीको रुपमा रहेका मनाङगेहरुको संस्था मनाङ समाज जापानको छैटौं अधिबेशन सम्पन्न भएको छ ।
आईतवार टोकियोमा सम्पन्न भेलाले अध्यक्षमा जीवन घलेलाई चयन गरेको छ । भेलाबाट दुई उपाध्यक्षहरुमा तेन्जेङ लामा, नरेन्द्र घले तिन सचिबमा ईश्वर गुरुङ, मनोज गुरुङ र केश गुरुङ् चयन गरेको छ ।
त्यस्तै कोषाध्यक्षमा रुप्जुङ गुरुङ, श्रीजना घले रहेछन । सदस्यहरूमा ज्योति गुरुङ,लुन घले,दावा लामा,रेजिना लामा,राम घले, याङचुङ ठकुरी र लाक्या बुटि विष्ट चयन भएका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया