टोकियो । एनआरएनए जापानको आर्थिक घोटाला छानबिनको लागि भनेको उच्चस्तरीय छानबिन समितिले प्रतिबेदन तयार पारेको छ ।
एनआरएनए जापान भित्र आर्थिक हिनामिना भयो भन्ने कुरा कार्यसमितिबाट नै कुरा उठेपछि ६ महिनाअघि बनेको समितिले आफनो प्रतिवेदन तयार पारेको हो ।
उक्त प्रतिबेदन २०२१ मे ६ तारिख आइतबार एक पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने र सम्बन्धित निकायलाई बुझाउने जनाएको छ ।
एनआरएनए जापानको छानबिन समितिले आफुले पाएको ज़िम्मेवारी र एनआरएनए जापान भित्र रहेका कति पए विषयहरुलाई सूक्षम रूपले अध्ययन गरी निष्कर्षमा पुग़ेको जनाएको छ । एनआरएनए जापानमा २०१५ को भूकम्पमा उठेको रक़म होस ,नेपाल फ़ेस्टिवल गर्दाको रक़म होस वा अन्य कार्यक्रम गर्दा होस जहिले पनि बाहिर आरोप लाग़्ने गरेको हुनाले छानबिन समितिले पटक पटक जापानबासी नेपालीहरूलाई प्रमाण भए पेशगर्न अनुरोध गरीएको कुरा समितिको सदस्य सचिब डा.बलराम श्रेष्ठले जानकारी दिनुभयो ।
आफु अध्यक्ष रहेको र जापानको एनआरएनएमा निरन्तर नजिकबाट हेरीरहेकोले पटक पटक अनिमियताको आरोप लागेको एनआरएनएभित्र वास्तवमा के भएको हो भनेर बुझ्नको लागि २०१५ देखी २०२० नोभेम्बर सम्मको सम्पूर्ण खाता , बिल भरपाईहरू एक-एक गरी ज़ाचग़र्ने ,सम्बंधित व्यक्तिलाई बोलाएर सोधपूछ ग़र्ने जस्ता जटिलकार्यले छानबिन समय लम्बीएको संयोजक राजन प्रधानंगले जानकारी दिनुभयो । एनआरएनए जापानमा छानबिन समितिको गठन भए पश्चात अन्य उजूरि पनि पर्न आएको छ । व्यक्तिले पदीय प्रयोग गरी व्यक्तिगत रूपले कार्यगरेको र त्यसमा समेत रक़म हिनामीना गरेको गुनासाहरू ,एनआरएनए दर्ता प्रक्रियाको बारेमा पनि उजुरि आएकोले आफुहरूलाई कार्यभार थप भएकोले तोकीएको विषयमा मात्र अनुसंधानले सत्यतथ्य बाहिर नआउने हुनाले छानबिन समितिका सबैजनाले समय दिई तदारुकताका साथ काम गर्दै गर्दा पनि केहि समय लाग्न गएको समितिले जनाएको छ ।
जापानबासी नेपालीहरूको लामों समयको प्रतीक्षा पछि पत्रकार सम्मेलन प्रतिवेदन सार्बजनिक गर्न जानकारी समितिका सदस्य सचिब डा. श्रेष्ठले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया