एनआरएनए जापान कान्तोका सह-संयोजक सुरेश केसीलाई बधाई तथा शुभकामना

जापान । एनआरएनए जापान कान्तो क्षेत्रीय कार्यसमितिको सह-संयोजक पदमा युवा व्यवसायी सुरेश केसी निविरोध निर्वाचित भएसंगै शुभकामना कार्यक्रम राखिएको छ ।
कानागावा नेपाली कम्युनिटीले केसीलाई एक कार्यक्रम गरि बधाई तथा सफल कार्यकालको शुभकमना कार्यक्रम गरेको हो ।

७ औं अधिवेशनले केसीलाई सहसंयोजक पदमा चयन गरेको थियो । स्थायी घर सिन्धुपाल्चोक रहेका केसी एक दशकअघि विधार्थी भिसामा अध्ययनका लागी जापान आएका थिए । जापानिज भाषामा एन वान सम्मको दख्खल राख्ने केसी कानागावा नेपाली कम्युनिटीमा सक्रिय युवा सामाजिक अभियान्ताको रुपमा समेत काम गर्दै आउनु भएको कानागावा नेपाली कम्युनिटी सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सामाजिक भावना बोकेका केसीको सह-संयोजक पदमा आगमन संगै एनआरएनए क्षेत्रीय समिति कान्तोमा नयाँ आयम आउने समेत एनआरएनए अभियान्ताहरुले दाबी गरेका छन् ।

सहसयोजक पदमा चयन पश्चात केसीले आफु यस अभियानको लागि नौलो भएपनि यो अभियानमा लाग्ने केहि गलत पात्रहरुको कारणले एनआरएनए अभियान प्रदुषित भएको र अब हाम्रो टिम यो प्रदुषणलाई जरै देखि ऊखेलेर फाल्ने बताउनु भयो ।

केसी हाल कानागावा केन योकोहामा शहरमा बसोबासका साथै व्यवसाय समेत गर्दै आउनु भएको छ ।

बधाई तथा शुभकामनाको रुपमा संप्रेसन

फेसबुकबाट तपाइको प्रतिक्रिया