राप्ती समाज जापानले ४ लाख ३२ हजार बढ़ी सहयोग नेपाल पठायो

जापान । राप्तीका विभिन्न जिल्लामा कोभिडका कारण अक्सीजनको अभाव बढेसंगै संक्रमीतहरु उपचार हुन नसकेका समाचारहरु सामाजिक सन्जालमा आए लगतै राप्ती क्षेत्रबाट विभिन्न पेशा व्यवसायी तथा अध्ययनको सिलसिलामा जापानमा रहेका सम्पूर्णलाई समाजले सहयोगको लागि आह्वान गरेको थियो ।

यस्तो संकटको घडीमा हामिले पनि सहयोग गर्नु पर्छ  भनी सहर्ष स्वीकार्दै यस अभियानमा जोडिएका थिए । संकलन भएको रकमबाट समाजले राप्ती भित्रका अती भन्दा अती संक्रमण भई समस्यामा परेका क्षेत्रलाई  स्वंयम  उपस्थिती भई हस्ताणतरण गर्ने लागेको छ । स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र स्वंयम उपस्थिती भई हस्ताणतरण गर्ने हाल नेपालमा रहेका संस्थाका संरक्षक विशेश्वर रेग्मीलाई जिम्मा दिएको छ ।

अभियानबाट संकलीत रकम र समाजको आन्तरीक कोषबाट १ लाख गरी ४ लाख ३२ हजार ३५७ येन नेपाल पठाईएको महासचिव प्रकाश ओलीले बताए ।

राप्तीबासिहरु अक्सीजन नपाई छटपटाईरहेको देख्दा आफूहरु हेरेर बस्न नसक्ने हुदा सानै भएपनि आफनो क्षेत्रबाट सहयोग गर्नु हाम्रो दायित्व भएको भन्दै अभियानमा सहयोग गर्ने सबै राप्तीबासि सहयोगिदाताहरु समाजका अध्यक्ष युवराज रेग्मी र उपाध्यक्ष मनराज विश्वकर्माले धन्यवाद दिएका न्छ ।

समाजले यस अघि नै दिल वहादुर रम्तेल बचाउ अभियान , धुर्मुस सुन्तली फाउन्डेसनको नमूना नेपाल परियोजना, सिदार्थ माध्यामिक विद्यालय घोप्टे ओढार पातिहाल्ना रोल्पा जिनाबाङ, दाङका भुकम्प पिडीत, ब्लड क्यान्सरबाट पिडित भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायलाकी जमुना नगाल गहतराजलाई उपचार्थ सहयोग, लडेर मेरुदण्ड भाँचिएर थला परेका सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका–१ का सुरेन्द्र कुमार बम्जन ,रुकुम पुर्वकै मुटुभित्र प्वाल परेका सरद ओली लाई आर्थिक सहयोगलगाएत जापानमा विभिन्न समस्या पर्दै आएका नेपालीहरु लाई सहयोग गर्दै आएको छ ।

सबै दुख पिडामा रहेका नेपालीहरुको लागि समाज एउटा सहयोगि साथी बनेको छ । यसरी विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दा आफूलाई पनि गर्भ लाग्ने र पिडीतको घाउमा मलम लगाउने काम गरिएको राप्ती समाजका महासचिव ओलीले बताए ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया