जापानमा एक नेपाली युवाको निधन, आइतबार अन्त्येष्टि गरिने

जापान । नेपालको पाल्पा घर भई जापानमा कुक पेशामा आबद्द एक नेपाली युवाको असामयिक निधन भएको छ । जापानको तोचिगी केन ओयामा शहरमा बस्दै आएका पाल्पाका विष्णु प्रसाद पाण्डेको शनिबार बिहान असामयिक निधन भएको हो ।

पछिल्ला केहि समयदेखि अस्वस्थ रहँदै आएका थिए पाण्डेको टाउकोमा दुखाई बढेपछि अस्पताल लगिएको थियो । उनलाई हस्पिटल लगिएता पनि शनिबार बिहान उपचारको क्रममा निधन भएको हो ।
जापानमा कुक पेशामा आबद्द, मृतक पाण्डेको जापानमैं श्रीमती र छोरी पनि संगै रहँदै आएका थिए ।

मृतक पाण्डेको जुन ६ तारिख आइतबार तोचिगीमैं अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पार्थिव शरीरको अन्तिम दाह-संस्कार भोली 2021-6-6(२०७८ जेठ २३ गते) बिहान ८:३० बजे 小山聖苑(おやませいえん) 323-0042 Tochigi ken Oyama shi Tojo 717-1 मा गरिने भएको छ ।
साथै मृतकको श्रीमती र छोरी पनि संगै बस्दै आऊनु भएको र आर्थिक अवस्था कमजोर भएको हुनाले, सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेको छ ।
JP Bank Account
Account Number 10730-30195711
パンデ スミトラ  (मृतकको श्रीमती)

सम्पर्क व्यक्तिहरु
१. छबि खरेल(मृतकको आफन्त) 080 4171 3751
२. NRNA Tochigi सह-सचिब : कपिल न्यौपाने 080-4066-2347
३.श्याम खड़का 080-4195-6600
४. भुवन गैरे 090-9809-1440
५. कैलाश थापा 070-1407-9697

फेसबुकबाट तपाइको प्रतिक्रिया