एनआरएनए जापानमा चुस्त रूपमा आर्थिक मितब्ययिता देखिएन : छानबिन समिति

टोकियो । गैरआवसीय नेपाली संघ एनआरएनए जापानमा आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको छ । एनआरएनए जापानमा आर्थिक हिनामिनाको कुरा उठेपछि छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आईतवार पत्रकारहरुलाई साँची राखेर बुझाएको प्रतिवेदन अनुसार एनआरएनए जापानमा चुस्त रूपमा आर्थिक मितब्ययिता नभएको प्रतिवेदनमा उल्लेख  छ ।

करिब ६ महिनादेखि गरेको छानबिन पछि समितिले एनआरएनए एसिया प्यासिफिकका संयोजक गोविन्दप्रसाद श्रेष्ठ मार्फत एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीलाई ९१ पृष्ठको प्रतिवेदन बुझाउदै विगतका बर्षहरुबाट नै आर्थिक पारदर्शी नभएको उल्लेख गरेको छ ।

समितिले नेपालमा २०१५ को महाभूकम्प राहत संकलनको रकम, जापानमा भएके नेपाल फेस्टिवल आयोजनामा, मृतकको बीमा रकममा हिनामिना र अन्य खर्चहरु पारदर्शी नभएको निष्कर्ष निकालेको हो । समितिले आर्थिक हिनामिनामा संलग्नको नाम भने किटान नगरि विगत बर्षहरुबाट नै आर्थिक पारदर्शी नभएको प्रतिवेदनमा स्पष्ट लेखिएर बरझाएको छ ।

छानबिन समितिले कार्यालयमा लेखा कार्यका लागि कर्मचारी राख्नुपर्ने र हिसाबकिताब पारदर्शी गराउन अडिटको व्यवस्था, बिलहरु भरपाई गरेर आर्थिक कारोबार गर्नु पर्ने लगाएतको सुझाव दिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया