पूर्वेली सेवा समाज जापानद्धारा स्वास्थ्य तथा शैक्षिक सामग्री सहयोग

जापान । पूर्वेली सेवा समाज जापानले नयाँ नेपाल समाज केन्द्रलाई स्वास्थ्य तथा शैक्षिक सामग्रीका साथै खाद्यन्न सहयोग गरेको छ । पूर्वेली समाज जापानले केन्द्रलाई एक महिनालाई पुग्ने गरि स्वास्थ्य सामग्री र खाद्यन्य सहयोग गरेको हो ।
कोभिड १९ को महामारीको समयमा केन्द्रमा आबद्ध रहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा भोजनमा समस्या नहोस् भन्ने उद्देश्यले सेवा समाज जापानले सहयोग गरेको पूर्वेली सेवा समाजका अध्यक्ष फडिन्द्र पहाडीले भर्चुअल माध्यम मार्फत जानकारी दिए ।

अध्यक्ष पहाडीले देश बाहिर रहेतापनि महामारीको समयमा आफ्नो देशमा भएका असहाय तथा अनाथ बालबालिकको सहयोगमा सामेल हुन पाएकोमा खुसी व्यक्त गरे ।

पूर्वेली सेवा समाजले ५० हजार धनराशि बराबरको दाल, चामल, तेल, चिउरा, फलफूल, मास्क र स्टेसनरी सामान हस्तान्तरण गरेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया