कास्की पोखरा समाज जापानद्धारा तीन हस्पिटललाई ५० थान अक्सिजन हस्तान्तरण

टोकियो । कास्की पोखरा समाज जापानको आर्थिक सहयोगमा मातृभूमि पोखराको विभिन्न तीन हस्पिटलहरुलाई अक्सिजन हस्तान्तरण गरेको छ । कास्की घर भई विभिन्न पेशा, ब्यवसायी, रोजगारीका शिलशिलामा जापानमा रहेका ब्याक्तिहरुको आर्थिक सहयोगमा कास्की पोखरा समाज जापानले अक्सिजन सिलिण्डर प्रदान गरेको हो ।

कोरोना महामारीबाट अक्सिजन अभावका कारण धेरै नेपालीहरुले ज्यान गुमाईरहेको अवस्थामा समाजले गण्डकी प्रदेश चेम्वर अफ कमर्शको समन्वयमा ७ लाख खर्च गरेर चीनवाट ५० थान सिलिण्डर खरिद गरि पोखरा २७ स्थित शिशुवा अस्पताल अन्तर्गतको कोभिड वार्डलाई २० थान, गण्डकी अस्पताल पोखराको कोभिड वार्डलाई १५ थान र पोखरा ३० को मोहोरियामा रहेको संक्रमक तथा सरुवारोग अस्पताललाई १५ थान गरी ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको समाजका प्रवक्ता दिपक सुनारले जानकारी दिनुभयो ।

सिलिण्डर हस्तान्तरण कार्यक्रमहरुमा कास्की पोखरा समाज जापाका कार्यसमिति महिला उपाध्यक्ष अञ्जु भण्डारी, पूर्व उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, पूर्व सचिव हरीबहादुर पहारी, अमृत आचार्य तथा कास्की पोखरा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष निरज थापा र सचिव निरज आचार्यको उपस्थिति रहेको जनाएको छ ।

कास्की पोखरा समाज जापानले संचालन गरेको कोभिड १९ राहतकोषका लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरुलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया