जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान ओकिनावा क्षेत्रिय समितिको तेस्रो अधिबेशन सम्पन्न भएको छ । आईतवार सम्पन्न तेस्रो अधिबेशनले ज्ञानेन्द्र भट्टको संयोजकत्वमा नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।
आगामी २०२१–२०२३ कार्यकालको लागि संयोजकमा ज्ञानेन्द्र भट्ट, उपसंयोजकद्धयमा देबेन्द्र खड्का र सुजन न्यौपाने चयन हुनुभएको छ । त्यसैगरी सचिबमा चक्र बहादुर शाही, सहसचिबमा केबी टमटा, कोषाध्यक्षमा मंगल बहादुर सुनार, सहकोषाध्यक्षमा पुजन श्रेष्ठ सर्बसम्मत हुनुभएको छ । सदस्यतर्फ हरि कँडेल, ललित बन्जाडे, सुबास गुरुङ, अभिषेक पौडेल, महिला सदस्यमा सरिता तामाङ र बिद्यार्थी सदस्यमा सुशील अधिकारी चयन हुनुभएको छ ।
महिला संयोजकमा कसैको पनि उम्मेदवारी नपर्दा उक्त पद रिक्त रहेको अवस्था छ एनआरएन ओकिनावामा यस अगाडी प्रितम गर्बुजाको नेतृत्वमा तदर्थ समिति रहेको थियो ।
नेपाली बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको जापानको ओकिनावा क्षेत्रमा पछिल्लो समय नेपालीहरुको समस्याहरु पनि बढ्दै गएको अवस्थामा नयाँ कार्यसमितिले ओकिनावाबासी नेपालीहरुको हकहित, ज्ञान लगायतको बिषयमा महत्त्वपूर्ण भूमिका खेल्ने छ ।
अधिबेशनलाइ सफल पार्न एनआरएन जापानका केन्द्रीय पदाधिकारीहरुको साथमा ओकिनावा क्षेत्रीय समितिका संस्थापक संयोजक सन्जिब श्रेष्ठ तथा ओकिनावास्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया