एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको संयोजकमा दिलीप शर्मा निर्बिरोध चयन

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको कान्साई क्षेत्रीय समितिको ८औ अधिबेशनबाट संयोजकमा दिलीप शर्मा निर्बिरोध रुपमा चयन हुनुभएको छ ।

हालको कान्साई क्षेत्रीय समितिको उपसंयोजक रहनुभएका शर्मा २०२१–२३ कार्यकालको लागि संयोजकमा सहमतिको आधारमा सर्वसम्मत् चयन हुनुभएको हो । संयोजकको प्रत्यासी रहनु भएका नर बहादुर थापा उपसंयोजकमा रहन तयार भएपछि सर्वसम्मत कार्यसमिती चयन सम्भव भएको हो । थापा निवर्तमान कार्यसमितीमा मानार्थ सदस्यमा रहनुभएको थियो । बिहीवार ओसाकामा सम्पन्न भएको अधिवेशनले डिल्लीप्रसाद सापकोटालाई पनि उपसंयोजकमा चयन गरेको छ ।

यसैगरी महिला संयोजकमा बिन्दु ढकाल, सचिवमा तेज प्रकाश गुरुङ्ग, सहसचिवमा बिकास अधिकारी र लक्ष्मण गैरे चयन हुनुभएको छ भने कोषाध्यक्षमा डेनिश पुन र सह कोषाध्यक्ष तिलक केसी चयन हुनुभएको छ ।

त्यसैगरी अधिवेशनबाट महिला सदस्यमा सिमला केसी र बिद्यार्थी सदस्यमा संजय कार्की चयन हुनुभएको छ । खुल्लातर्फ सदस्यहरुमा क्रमशः टी आर गौडेल, शंकर भुषाल, सुरज जिसी र अशोक गुरुगं चयन हुनुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया