टोकियो । कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट जापानमा एक नेपालीको निधन भएको नेपाली राजदूतावासले पुष्टि गरेको छ । कोभिड १९ को संक्रमणबाट जापानमा प्रेम बहादुर केसीको निधन भएको राजदूतावासले पुष्टि गर्दै समावेदना ब्यक्त गरेको छ ।
कोभिड १९ महामारीमा परि जापानमा केहि नेपालीहरु संक्रमित भएता पनि कसैको पनि निधन भएको थिएन । यसैबिच एकजना नेपाली नागरिकको कोरोनाका कारण निधन भएका औपचारिक पुष्टि गर्दै,नेपाली दुतावास टोकियोले एक समवेदना जारी गरेको छ । उक्त समवेदना पत्रका अनुसार गुल्मीका प्रेम बहादुर केसीको निधन भएको हो ।
समवेदना पत्रमा भनिएको छ,कोभिड १९ बाट संक्रमित भई उपचाररत रहेको अवस्थामा जापानमा बसोवास गर्दै आउनुभएका गुल्मी जिल्ला, मुसीकोट नगरपालिका वडा नं ८ का प्रेम बहादुर केसीको हालै दुःखद निधनको खवरबाट स्तब्ध भएको जनाएको छ ।
मृतक केसीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गरेको दूतावासको शोक वक्तव्यमा उल्लेख छ ।
यस अघि अर्घाखाचीको दिल बहादुर पुनको पनि कोरोनाको कारण मृत्यु भएको थियो ।


फेसबुकबाट तपाइको प्रतिक्रिया