काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १८२ जनाको परीक्षण गर्दा ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ५९८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७०९ जना र ५ हजार ५८४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४१ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख २३ हजार १५१ पुगेको छ ।यसै गरी पछिल्लो २४ घण्टामा थप ६७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया