अनिल गिरीको नेतृत्वमा बारा समाज जापान गठन

जापान । बारा समाज जापान १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जुन १५ तारिख एक अनलाइन भेलाले बारा समाज जापान गठन भएको अनिल गिरीले दिनु भएको छ ।
बारा जिल्लामा स्थायी घर भई हाल विभिन्न पेशा एवं कामको सिलसिलामा जापानका विभिन्न स्थानहरुमा बसोबास गर्दै आउनु भएका बारा जिल्लावासीहरुले आगामी दिनमा सामाना गर्नु पर्ने समस्या र चुनौतीहरुलाई सहजै समाधानका लागी आपसी सहयोग, सद्भभाव, भातृत्व अभिबृद्धि तथा बारा जिल्लाको समृद्धि र विकासका लागी बारा समाज जापान आज सन जुन १५ का दिन १३ सदस्यीय कार्यसमितिको गठन गरिएको जानकारी जापानबाट अनिल गिरीले जानकारी दिनु भएको छ ।
कोभिड-१९ को कहरमा समेत भर्चुअल बैठक बसी तपसिलको कार्यसमिति गठन गरिएको हो ।
कार्यसमितिमा रहनु हुनेहरुको नामावली निम्न छन:-
अध्यक्ष : अनिल गिरी
उपाध्यक्ष: बैकुण्ठ गौतम
सचिव: प्रवेश पोख्रेल
सह सचिव: सुजता थापा
कोषाध्यक्ष: मनोज अधिकारी
सह- कोषाध्यक्ष : ममता थापा
सदस्यहरु
मन्दीप अधिकारी
भुषन कुमार गुप्ता
ममता सापकोटा
उत्तम कुमार चौलागाइ
अमृत लामिछाने
बिष्णु न्यौपाने
धर्मेन्द्र चौधरी
बारा समाजको सल्लाहकारहरु
नविन लामा
महेश्वर अधिकारि

बारा समाज जापानको पहिलो बैठकको निर्णय अनुसार सर्वप्रथम संस्थालाई विधिवत रुपमा दर्ता प्रकृयमा लैजाने , जापानमा अवस्थिति हरेक सङ्घ संस्थागत आगामी दिनमा सहकार्य र समन्वय गर्दै जाने तथा बारा जिल्ला वासीहरुलाई हरेक प्रकारको गतिविधिहरुमा सक्रिय सहभागिता गराउदै लैजाने निर्णय भएको छ। त्यस्तै गरी जिल्लाका आर्थिक सामाजिक साँस्कृतिक एवं विपदसम्बन्धि हरेक गतिबिधिमा साथ र सहयोगको निम्ति तत्पर रहने तथा जापानमा आउने नयाँ पुस्तालाई हौसला मार्गदर्शन तथा हरेक तवरको सहयोग गर्ने रहेको छ ।
नब स्थापित बारा समाज जापानले बारा जिल्लावासीले भविष्यमा सामाना गर्नु पर्ने समस्याहरुलाई सम्बोधन गर्नका लागी राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समन्वय र सहकार्य गर्ने रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया