एनआरएनए जापानको उपाध्यक्षमा उम्मेद्वार दिने राजकुमार अधिकारीको घोषणा

जापान । लामो समयअघिबाट एनआरएनए अभियानमा लाग्दै आउनुभएका राजकुमार अधिकारीले गैरआवासिय नेपाली संघ (एनआरएनए) जापानको उपाध्यक्ष पदमा उम्मेदवार दिने घोषणा गर्नुभएको छ ।

जापानमा व्यवसाय सहित सामाजिक क्षेत्रमा सक्रिय अधिकारीले एनआरएनए जापान २०२१-०२३ कार्यकालको केन्द्रिय उपाध्यक्ष पदमा उम्मेद्दारी दिनुभएको हो ।

एनआरएनए जापानको मानार्थ सदस्य रहनुभएका अधिकारीले भन्नुभयो ‘संस्था भन्दा बाहिर रहेर प्रचार भन्दा काममा खटिंदै आएको छु, अब नेतृत्व तहमै रहेर संस्थागत छविलाई पनि शिरमा पूर्याउने गरि काम गर्न उम्मेद्दारी दिएको हुँ ।’

झण्डै १ दशक देखी अप्रत्यक्ष, प्रत्यक्ष रुपमा हरेक एनआरएनए गतिविधिमा सक्रिय सहभागीता जनाउँदै आउनुभएका अधिकारी हाल नागोया क्षेत्रमा रहेर रियलस्टेट र रेष्टुरेण्ट व्यवसाय गर्दै आउनुभएको छ ।

‘सन् २०१६ मा कुमामोतोको बिनासकारी भूकम्प होस् वा २०११ को फुकुशिमा बिनासकारी भूकम्प र सुनामीपछिको बिपद हरेक ठाउँमा नेपाली झण्डा बोकेर, फिल्डमै सेवा र उद्दारमा खटिएको छु ।’ अधिकारीले भन्नुभयो ‘नागोया लगायत यस क्षेत्रमा समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्न विद्यालय देखी अध्यागमन कार्यालय जहाँ परेपनि निस्वार्थ भावले खटिएर सहयोग गर्दै आएको छु, अहिले गरिरहेको व्यक्तिगत सहयोग र सेवालाई एनआरएनए संस्था मार्फत गर्दा अझै धेरै व्यक्तिलाई सहयोग गर्न सकिन्छ भनेर उम्मेद्दारी दिएको बताउनु भयो ।

अधिकारीले नेपालमा समेत हेल्पिंग ह्याण्ड अर्गनाईजेशन नामक सामाजिक संस्था दर्ता गरेर विद्यालय पुर्ननिर्माण, आपद बिपदमा सहयोग लगायत काम गर्दै आउनुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया