नेपालले सीधै एसिया कप छनोटको तेस्रो चरण खेल्ने

काठमाडौँ — नेपालले एसियाकप छनोटको तेस्रो चरण सीधै खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफपी)ले छनोट प्रक्रियामा परिवर्तन गरेपछि नेपाली फुटबलको भाग्य खुलेको हो । नेपालले अब त्यस अगाडिको प्लेअफ खेल्ने पर्ने छैन ।यसअघि नेपालले एसियाली विश्वकप छनोटको दोस्रो चरणको आफ्नो समूहको चौथो स्थानमा रहेर प्लेअफ खेल्नु पर्ने भएको थियो ।

एसियाकप आयोजक चीन तथा विश्वकप आयोजक कतार एसियाकपको डिफेन्डिङ च्याम्पियन पनि भएको आधारमा चौथो स्थानमा रहने सबै आठ टिमले सिधै तेस्रो चरणमा प्रवेश पाएको हो ।नेपाल जस्तै भाग्यमानी सावित अन्य टिममा हङकङ, माल्दिभ्स र श्रीलंका रहेका छन् । त्यस्तै छनोटको पाँचौँ स्थानमा रहेका शीर्ष तीन टिमले पनि सिधै एसियाकप छनोटको तेस्रो चरण खेल्ने भएका छन् । त्यसअनुसार म्यानमार, यमन र बंगलादेशले पनि सीधै तेस्रो चरण खेल्ने भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया