युरो कप : इटाली नकआउट चरण पुग्ने पहिलो टोली र वेल्स नकआउट चरणतर्फ

काठमाडौँ। म्यानुएल लोकाटेलीको दुई तथा सिरो इमोबाइलको एक गोलमा इटालीले बुधबार स्विट्जरल्यान्डलाई सजिलै ३–० ले हराएको छ । यससँगै इटाली युरो २०२० को नकआउट चरण पुग्ने पहिलो टिम बन्यो ।समूह एको खेलमा ससुलोका मिडफिल्डर लोकाटेलीले २६औं मिनेटमा पहिलो गोल गरे भने दोस्रो हाफको सुरुमा इमोबाइलले दोस्रो गोल थपे ।खेलको ८९औं मिनेटमा लोकाटेलीले तेस्रो गोल थपे । यो जितपछि रोबर्टो मानचिनीको टिम ६ अंकसहित आफ्नो समूहको शीर्ष स्थानमा छ । युरोमा ६ गोल गरिसकेको इटालीले गर्दै अहिलेसम्म कुनै गोल खाएको छैन । इटालीको यो लगातार दसौं जित हो । उसले अन्तिम पटक विपक्षीलाई गोलको अवसर दिएयता आफैं ३१ गोल गरिसकेको छ ।इटालीलाई वेल्समाथि दुई अंकको अग्रता प्राप्त छ । वेल्सले यसअघि टर्कीलाई २–० ले हराएको थियो । समूहमा स्विट्जरल्यान्डको एक अंक छ भने लगातार दुई खेलमा हार बेहोरेको टर्की अंकविहीन छ । अब इटालीले वेल्सविरुद्ध हुने आफ्नो अन्तिम खेलमा हार टार्न सफल रहे । त्यो नतिजा समूहको शीर्ष स्थान कब्जा गर्न पर्याप्त हुनेछ ।

वेल्सले टर्कीलाई २–० ले पराजित गरी युरो २०२० को नकआउट चरणतर्फ अगाडि बढेको छ । अजरबैजानको बाकुमा पाएको यस नतिजापछि बलियो मानिएको टर्की समूह चरणबाटै बाहिरिएको छ । टर्कीको यो लगातार दोस्रो हार हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया