जापान। अब सुर्योदयको देश जापानबाटै काठमाडौँमा रहेका आफन्तहरुलाई सरप्राइज दिन सकिने । घरपरिवार छाडेर सुर्योदयको देश जापान परदेशमा आएका नेपालीहरूले अब काठमाडौँमा रहेका आफ्ना आफन्तहरुलाई मनपर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थ घरैमा डेलिभरी गराई सरप्राइज दिन सक्ने भएका छन् । विदेशमा जस्तै नेपालमा पनि लाटोकोसेरो डटकमले काठमान्डौ, भक्तपुर र ललितपुरका लागि २४ घन्टे होम डेलिभरी सेवा दिने भएको छ। यस होम डेलिभरी प्ल्याटफर्म मार्फत संसारको जुनसुकै ठाउँमा रहेका व्यक्तिहरुले आफ्नो काठमाडौँमा रहेका आफन्तलाई मन पर्ने खाने कुराहरु अर्डर गर्न सक्नेछन् । रातको समयमा कोही भोकै बस्न नपरोस भन्दै आफ्नो भिन्न परिचयका साथमा व्यवसाय सञ्चालन गरिरहेको यस कम्पनीले अनलाईन मार्फत् सेवा दिनेछ । लाटोकोशेरो डटकमले आफुलाई अरुभन्दा भिन्न रुपमा परिचित गराउन सुपथ दर र छिटो सेवा दिने प्रतिवद्धता राखेको छ । लाटोकोशेरो फुड्सबाट खाना, खाजा, बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अर्डर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिन्छ । लाटोकोशेरोमा उपलब्ध हुने खानाका परिकारहरु www.laatokoshero.com, फेसबुक पेज www.facebook.com/Laatokoshero अथवा +९७७-९८०१०७९८९० मा भाइबर वा ह्वाटस्एपबाट पनि अर्डर गर्न सकिन्छ । परदेशमा रहेर आफ्ना आफन्तहरुलाई जन्मदिनजस्ता अवसर तथा असार पन्ध्र, साउन पन्ध्र, बाबुको मुख हेर्ने दिनजस्ता पर्वमा विशेष खानेकुरा, पेयपदार्थ तथा बेकरीका लगायतका सामान सोझै उनीहरुलाई डेलिभरी गरिने गरी अग्रिम अर्डर गरी सिटी रेमिटमार्फत् भुक्तानी गर्न सकिने छ । कोभिड तथा लकडाउनको यो समयमा लाटोकोशेरोले उपत्यकाको जनसुकै ठाउँमा डेलिभरी गर्ने प्रतिवद्धता यहाँका प्रबन्ध निर्देशक प्रज्ज्वलकुमार दाहालले जनाएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया