काठमाडौं । बेल्जियम र नेदरल्याण्ड्स युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपको नकआउट चरणमा प्रवेश गरेको हो ।बेल्जियमलाई जिताउन थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले एकरएक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।
घरेलु मैदानमा भएको खेलमा डेनमार्कले उपाधिको दाबेदार मानिएको बेल्जियममाथि सुरूवाती अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमा युसुफ पाउलसेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । उनले पाउलसेनले पिएरे इमिलको पासमा गोल गरेका थिए
पहिलो हाफमा एक गोलले पछि परेको बेल्जियमले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ५४ औं मिनेटमा थोर्गान हाजार्डले गोलमा बेल्जियमले खेललाई बराबरीमा ल्यायो । उनले ब्रुएनको पासमा गोल गरेका थिए ।त्यसपछि खेलको ७० औं मिनेटमा केभिन डि ब्रुएनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । उनले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका थिए ।
नेदरल्याण्ड्सले अष्ट्रियामाथि २-० लाई गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड्स युरो कपको नकआउट चरणमा पुगेको हो ।नेदरल्याण्ड्सलाई जित दिलाउनको लागि मेम्फिस डिपाएले र डम्फ्राइजले एक/एक गोल गरेका थिए । नेदरल्याण्ड्सले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा अर्काे गोल थपेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया