जापान । फ़ुकुओका नेपाल सोसाईटीको अध्यक्षमा तनहुँका माधव सिग्देल निर्विरोध निर्वाचित भएका छन् । सोसाइटीको शनिबार भएको २६ औं अधिवेशनबाट सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ललिता तामाङ, उपाध्यक्ष रबि बस्नेत, उपाध्यक्ष सुजन केसी, उपाध्यक्ष इन्द्रप्रसाद घले, सचिव अशोक सेढाईं, सहसचिव दिप विक, कोषाध्यक्ष प्रेमराज दाहाल, सहकोषाध्यक्ष कृष्णराज भट्ट, प्रवक्ता दिलेन्द्र जोशी र सदस्यहरुमा मुक्तिनाथ ढकाल, भुवन कृष्ण घिमिरे चयन भएका छन् ।
नयाँ कार्यसमिति चयनका लागि शिव शर्माको संयोजकत्वमा निर्वाचन कमिटी गठन गरिएको थियो । निर्वाचिन कमिटी सदस्यरुमा लक्ष्मण बानियाँ, रामकृष्ण श्रेष्ठ, छत्र दाहाल, नविन अधिकारी र पुरुषोत्तम सिग्देल थिए ।
अधिवेशनमा नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना प्रमुख अथिति, विशिष्ठ अथिति गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण निवर्तमानमन्त्री विकास लम्साल, विशिष्ठ अथिति Professor Executive Director, Center for International Relations,Trivuwan University का Dr.KHADGA K.C.तथा एनआरएनए निवर्तमान उपाध्यक्ष तथा वर्तमान सल्लाकार कुल आचार्य, नेपाल सरकारका सहसचिव एवम् हाल विशेष अदालतका रजिष्ट्रार अशोक क्षेत्री, जापानमा सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
को हुन् नवनिर्वाचित अध्यक्ष सिग्देल
तनहुँ जिल्ला भिमाद नगरपालिका-किहुँ वारिकोटमा जन्मिएका सिग्देल विगत ९ विर्षअगाडि अध्ययनका लागि फ़ुकुओका प्रवेश गरेका थिए । लोकदोहोरी गायकसमेत रहेका सिग्देल २०१३ सालमा सोसाईटीबाट आयोजित नेपालीहरुको नयाँ वर्ष बैशाखी मेलामा आफ्नो प्रस्तुति राखी सुरुवातमै फ़ुकुओकावासीको मन जित्न सफल थिए । उनलाई त्यहाँ प्रवेश गराउन सोसाईटीकै पूर्वअध्यक्ष पुरुषोत्तम सिग्देलको भूमिका थियो ।
आफ्नो अध्ययनलाई निरन्तरता दिँदै सोसाईटीका हरेक कार्यक्रममा आफ्नो प्रस्तुतिसँगै संयोजनको भूमिका निर्वाह गर्दै आएका थिए । अध्ययन पूरा गरी ५ वर्ष आगाडीबाट एक कम्पनिमा कार्यरत सिग्देल सोसाईटीको सदस्य, सह-सचिव, सचिव, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षमा २ वर्ष काम गरेको अनुभव छ ।
लोकदोहोरी गीतहरुबाट आफ्नो छुट्टै परिचय बनाउँदै आएका उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका सचिव समेत हुन् । फ़ुकुओकावासी विशेष विद्यार्थीहरु समस्या देखिरहेका उनले त्यसलाई प्राथमिकताका साथ अगाडि बढाउने विश्वास गरिएको छ । १९९५ सालमा स्थापित फ़ुकुओका नेपाल सोसाईटी जापानी समुदायमा उत्तिकै परिचित छ । सम्भवत: जापानमै नेपालीहरुको संस्थामध्ये सबैभन्दा पुरानो भएको हुनु पर्दछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया