एनआरएनए जापानको राष्ट्रिय कमिटी निष्क्रिय, महाधिबेशन तोकेकै मितिमा हुने

जापान । एकपछी अर्कों बिवाद हुँदै आएपछि गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद जापानलाई निष्क्रिय बनाएको छ । एनआरएनए जापानको १०औं राष्ट्रीय महाधिबेशनको संघारमा कार्यसमितिभित्र नै एकले अर्कालाई कार्बाही र महाधिवेशन स्थगित गर्ने सम्मको निर्णय भएपछि बिवादले झन चर्को बिवाद लिएसंगै एनआरएनए आईसीसीले विहिबार सो निर्णय गरेको हो ।

एनआरएनए जापानमा आर्थिक अनियमितताको विवादमा फसेपछि बहालवाला कमिटीलाई निष्क्रिय गर्दै जुलाई २५ तोकेकै मितिमा महाधिवेशन गर्ने योजना सहित अनुगमन समितिलाई अधिकार दिएको छ ।

एनआरएनए जापानको राष्ट्रिय परिषदमा देखिएको आर्थिक अनियमितताको बिषयमा स्पष्ट रुपमा नखुलाई अध्यक्ष भण्डारीको नेतृत्वको कमिटीलाई निष्क्रिय राखि आबश्यक छानबिन गर्ने निर्णय सहितको पत्र एनसिसी जापानलाई पठाएको छ ।

एनआरएन जापानका कुनै पनि पदाधिकारीलाई आईसिसीले कारबाहिको निर्णय गरेको छैन । विहिबार आईसिसीका अध्यक्ष कुमार पन्तले जारी गर्नु भएको पत्रमा एनआरएनए जापानको लागि ७ बुदाँको पत्र जारी गर्नु भएको हो । पत्रमा निर्वाचन समितिलाई यथावत राख्दै वर्तमान कार्यसमितिले यथास्थितीमा महासचिवको र कोषध्यक्ष प्रतिवेदन मात्र प्रस्तुत गर्न भनेको छ ।

साथै एनआरएनए आईसिसीले राजन प्रधानाङ्को संयोजकत्वमा गठित छानबिन समितिको आर्थिक प्रतिबेदन स्पष्ट नभएकोले आबश्यक छानबिन गर्ने जनाएके छ । एनआरएनए आईसिसीले गठन गरेको अनुगमन समिति संयोजकमा भवन भट्ट, सदस्यहरुमा क्षेत्रीय संयोजक र सहसंयोजक आईसिसि सदस्यलाई समावेसगरी १२ सदस्यिय बनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया