टोकियो । जापानकै इतिहासमा पहिलो पटक हुन लागेको प्रथम भेट्रान्स गोल्ड कपको ट्राईसिट यहि जुन २७ तारिख आईतबार टोकियो कामातास्थित चौतारो रेष्टुरेन्टको हलमा हुने भएको छ ।
कावासाकी बुल्सको आयोजनामा हुन गईरहेको ऐतिहासिक टूर्नामेंटको लागि जापानका विभिन्न शहरहरुबाट “भेट्रान्स” टिमहरु दर्ता भईसकेको र ट्राईसिट आउटको प्रत्यक्ष प्रसारण कावासाकी वुल्स फुटबल क्लवको फेसबुक पेजबाट गरिने अध्यक्ष मुकेश गुरुङले वताए । प्रतियोगिताको विजेता टिमले २००,००० येन नगदको साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उप-विजेता टिमले १००,००० येन नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । यसैगरी विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
ट्राईसिट आउट गर्ने कार्यक्रममा सहभागी टिमहरुका टिम क्यप्टेन र अफिसियलहरुलाई कार्यक्रम स्थलमा ११ बजेसम्म उपस्थित भईदिनु हुनको लागि क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक मिथुन गुरुङले अनुरोध गरेका छन् ।
सहभागि टिमहरु :-
१ कावासाकी वुल्स
२ पुन क्लव जापान
३ आराकावा फुटवल क्लव
४ सिजुओका भेट्रान्स क्लव
५ नेपाल युनाईटेड
६ टोकियो भेट्रान्स एफ सि
७ लाफा भेट्रान्स एफ सि तोचिगी
८ सामूराई सिनकोयासु भेट्रान्स टिम

फेसबुकबाट तपाइको प्रतिक्रिया