उपत्यकामा निषेधाज्ञा एकसाता थप,पसल खोल्न पाइने,सवारीसाधन जोरबिजोर चलाउन पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ ।  २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधनमा विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ भने सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया