जापान । गैरआवासीय नेपाली संघ जापान (एनआरएनए) को अधिबेशन नजिकिदै गर्दा विभिन्न पदमा उम्मेदवारी धोषण गर्ने क्रम जारी रहेको छ । जापानका नेपाली युवा व्यवसायी, समाजिक अभियन्ता तथा जापानमा लामो अनुभव बटुलेका एक सशक्त युवा नबीन न्यूउरे वरिष्ठ उपाध्यक्ष पदमा मैदानमा उत्रीएका छन् । जापानमा रहेका नेपालीहरुको मनमा बस्न सफल युवा हुन निउरे । यो चुनाव मेरालागि भन्दा पनि आम नेपालीहरुलाई जोडेर , सवैको समस्याहरुको सारथी बन्न कै लागि भएको उनको दाबी छ । एनआरएनए जापानको १० औं अधिवेशन जुलाई २५ तारिख ओसाकामा हुने तयारी छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया