टोकियो . नेपालीहरूले मातृभूमिप्रति बिभिन्न तबरबाट सहयोग गरि रहेको छन् । यसैबिच जापानबाट पनि मातृभूमि नेपालका लागि कोभिड १९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापानले कोरोनाले नेपालमा पारेको प्रभावलाई कम गर्ने उद्देश्यले जापानमा बिभिन्न संघसंस्था तथा ब्यक्तिहरूको सहयोगमा संकलन गरिएको रकमबाट खरिद गरिएका स्वास्थ्य सामग्रीहरु नेपाल लैजानका लागि सोमबार हस्तान्तरण गरिएको छ ।
एनआरएनए आईसिसीका निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानका लागि नेपालका राजदूत प्रतिभा राणा संरक्षक रहेको समितिले जापानबासी नेपाली तथा जापानमा क्रियाशिल संघ संस्थाहरुको सहभागितामा ५३ लाख ६७ हजार २ सय ११ संकलन गरि एम्बुलेन्स, अक्सिमिटर, वाई कनेक्टर सहित अक्सिजन प्लान्टका लागि पनि रकम प्रदान गरेको एनआरएनए जापानका महासचिव जनकविक्रम शाहीले जानकारी दिनुभयो ।
एनआरएनए जापानको कार्यालय टोकियोमा संयोजक भट्टले संकलन भएको सहयोग रकम र त्यहि रकमबाट खरिद गरिएका विभिन्न ११ प्रकारका सामानहरु सहितको प्रतिवेदन आईसिसी कोषध्यक्ष महेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।


फेसबुकबाट तपाइको प्रतिक्रिया