जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको उपाध्यक्षमा क्यूस्यु क्षेत्रबाट रामकृष्ण श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनएको २०२१-०२३ कार्यकालका लागि हुने निर्वाचनमा श्रेष्ठले उम्मेदवारी दिने बिहीबार घोषणा गरेका हुन् ।
उनले सबैलाई समेटेर एनआरएनएलाई अभिभावक संस्थाको रुपमा स्थापित गर्ने, युवा, महिला, विद्यार्थी, व्यवसायी एवं सम्पूर्ण नेपालीहरुको हितमा काम गर्ने, नेपाल फेस्टिबलजस्ता कार्यक्रम आयोजना गर्ने, खेलकुद क्षेत्रमा सहयोग गर्नेलगायत आफ्ना एजेन्डा अघि सारेर नेपाली समाजको लागि अग्र भूमिकामा रहेर काम गर्ने बताए ।
हाल गैरआवासीय नेपाली संघ जापानको केन्द्रिय सदस्यमा रहेर रचनात्मक काम गरेका श्रेष्ठले क्षेत्रसँग राम्रो समन्वय गरी काम गरेका थिए । क्यूस्यु क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आउनु भएका श्रेष्ठ नेपाली कला, संस्कृति जापनिज समुदायहरु माझ देखाउनु पर्छ भन्ने निश्चित उद्देश्यले फुकुओकामा पहिलो पटक नेपालीहरुको बाक्लो उपस्थितिमा बैशाखी मेलाको शुरुवात समेत गरेका थिए ।
हाल नेपाल फेस्टिबलमा रुपान्तरण गरी उक्त मेला आयोजना गर्दै आईरहेको छ । जापानिज संचार क्षेत्रसँग पनि राम्रो सम्पर्क रहेको श्रेष्ठले जापनिज संचारमाध्यममा पनि एनआरएनए तथा नेपाली समुदायको उपस्थितिमा बिभिन्न कार्यक्रमहरु संचालन गरिसकेका छन ।
आगामी दिनमा क्षेत्र र केन्द्रको सम्बन्ध अझ मजबुद बनाई एनआरएनएको कामलाई अझ रचनात्मक बनाउने उद्देश्यका साथ केन्द्रीय कार्यसमितिको उपाध्यक्ष पदमा आफ्नो उम्मेद्धारी दिएको बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया