जापान । गैरआवासिय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयनको लागि चिबामा व्यवसाय गर्दै आउनुभएका कृष्णबहादुर थापाले केन्द्रिय सदस्यमा उम्मेद्दारी घोषणा गर्नुभएको छ ।
एनआरएनए जापानमा भएको राजनीतिकरण र संस्था भित्र देखिएको आर्थिक अनियमितता तथा विसंगतिको बिरुद्ध मैंले उम्मेद्दारी घोषणा गरेको हुँ केन्द्रिय सदस्य उम्मेद्दार थापाले भन्नुभयो हामी युवाहरु जो यस्ता आरोपमा मुछिएका छैनौं र सबैलाई समेटेर संस्थाको छवि राम्रो बनाउन दत्तचित्त छौं अब एनआरएनए जापानको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरिनुपर्छ ।
उम्मेद्दारी घोषणाबारे बताउँदै थापाले एनआरएनए जापानको केन्द्रिय सदस्य जितेमा कुनैपनि राजनीतिक सहभागीता नजनाउने प्रतिबद्धता सहित संस्थाको आर्थिक सहित सम्पूर्ण क्रियाकलाप पारदर्शी बनाउन आफुले काम गर्ने बताउनुभयो ।
एनआरएनए जापानको केही क्षेत्रहरुमा समेत संस्थालाई राजनीतिकरण गरेर समिति गठन देखी आफ्ना मान्छे राख्न तल्लिन भएकोमा दुख व्यक्त गर्दै केन्द्रिय सदस्य उम्मेद्दार थापाले आफ्नो कार्यकालमा यस्ता विकृती र विसंगति हुन नदिन संस्थाभित्रै सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आठ बर्ष अघि कुकको रुपमा जापान आएर हाल रेष्टुरेण्ट र हलाल फुड संचालन गर्दै आउनुभएका व्यवसायी थापाले चितवन समाज जापान कान्तो क्षेत्रको सचिवको रुपमा समेत कार्यभार सम्हालिसक्नुभएको छ ।
एनआरएनए जापान कान्तोको २०१७-२०१९ मा सदस्यको रुपमा एक कार्यकाल काम गरिसक्नु भएका थापाले जापानवासी नेपालीहरुले स्वच्छ छविको एक युवा उम्मेद्दारको रुपमा आफुलाई मत दिने विश्वास व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया