काठमाडौं । स्पानिस ला लिगा २०२१र२२ को सिजनको खेलतालिका सार्वजनिक भएको छ । ला लिगाले बुधबार नयाँ सिजनको लागि तालिका सार्वजनिक गरेको हो ।
आगामी अगष्ट १५ देखि शुरु हुने लिगमा रियल मड्रिड र बार्सिलोनाबीचको चर्चित एल क्लासीको खेल अक्टोबर र अर्को वर्ष मार्चमा हुने भएको छ ।यस्तै नयाँ सिजनको पहिलो दिन अगस्ट १४ मा १० खेल हुनेछन् । जहाँ च्याम्पियन एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै उपाधि रक्षा अभियानको सुरुआत गर्नेछ ।
यस्तै रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग उसैको मैदानमा खेल्नेछ भने बार्सिलोनाले रियल सोसिडाडसँग घरेलु मैदानमा खेल्नेछ ।
ला लिगामा सिजनको पहिलो एल क्लासीको भिडन्त अक्टोबर २४ मा बार्सिलोनाको मैदान क्याम्प नोउमा हुनेछ ।
यस्तै रिटरन लेगको खेलमा २०२२ मार्च २० मा रियलको मैदानमा सान्टियागो बर्नाबेउमा हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया